२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

मिलन र हरि निसर्ग इन्डो–नेपाल जुगेडा कपमा सहभागि हुने

खबर सम्बाददाता १७ आश्विन २०८३, शनिबार
मिलन र हरि निसर्ग इन्डो–नेपाल जुगेडा कपमा सहभागि हुने

सुदूरपश्चिमका भलिबल खेलाडी मिलन शाह र हरि बोहरा निसर्ग इन्डो–नेपाल जुगेडा कपमा सहभागि हुने भएका छन्। आयोजक संयुक्त राना जनचेतना परिवारले यस बर्ष पनि प्रतियोगितामा उनीहरुको सहभागिता रहने बताएको हो।

भारत र नेपालका ८ टिमको सहभागितामा धनगढी–१० जुगेडामा सो प्रतियोगिता असोज २० देखि सुरु हुदैछ। अघिल्लो बर्ष प्रतिबन्ध लागेका खेलाडीको आवेदनका आधारमा प्रक्रिया पुरा गरेर फुकुवा गरिएको आयोजक संयुक्त राना जनचेतना परिवारका अध्यक्ष रबी रानाले बताए। उनले राष्ट्रिय खेलाडीलाई प्रतियोगितामा सहभागिता जनाउन आउनु खुशीको कुरा भएको बताए।

सबै खेलाडीले प्रतियोगिताको नियम अनुसार खेल भावना अनुसार खेल्न उनले आग्रह पनि गरे।यस बर्ष प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले १ लाख रुपैयाँ तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।प्रतियोगिताको टाइटल स्पोन्सर निसर्ग हस्पिटल र मुख्य प्रायोजक केयर टेकर हस्पिटल रहेका छन्।

धनगढी उपमहानगरपालिका–१० नं। वडा कार्यालय मुख्य प्रवर्द्धक रहेको प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin