२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

आफ्नो सीपलाई व्यवसाय बनाएकी कोमल ,ब्युटिपार्लरको र कपाल काट्ने काम गर्दै

खबर सम्बाददाता १८ आश्विन २०८३, आईतवार
आफ्नो सीपलाई व्यवसाय बनाएकी कोमल ,ब्युटिपार्लरको र कपाल काट्ने काम गर्दै

धनगढी गाउँकी २२ वर्षिय कोमल राना ब्युटिपार्लरको कामसँगै पुरुषहरुको कपाल काट्ने,दाह्री मिलाउने काम पनि गर्छिन् ।
धनगढी उपमहानगरपालीकाद्घारा २०८१ मा सञ्चालन गरिएको सिप तथा रोजगार मेलामा उनले पुरुषको कपाल काट्ने एक महिने तालिम लिइएकी थिइन् । उक्त तालिममा २५ जनामध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै उपमहानगरबाट कोमलले४४ देखि ४५ हजार सम्मको सहयोग समेत पाएकी थिइन् ।
कोमललाई आर्मि बनाउने उनको बुवाको चाहना थियो तर स्वास्थ्यले कोमलको साथ दिएन् । पत्थरि र अपेन्डिक्स जस्ता गम्भिर रोगका कारण कोमलको दुईपटक अपरेसन भएको थियो । जसले गर्दा कोमल निकै कमजोर भएकी थिइन् । त्यसपछि केहि सिप सिक्छु र आफ्नै काम गर्छु भनेर कोमल ब्युटिपार्लर सिक्न लागिन र सिप तथा रोजगार मेलाबाट उनी थप पुरुषको कपाल काट्ने तालिम पनि लिइन् ।
“सानो लगानीबाट पनि मैले राम्रो आम्दानी गर्न सक्छु त्यसैले मैले पुरुषको कपाल काट्ने तालिम पनि लिए भनेर कोमल भन्छिन् ।”
कोमलले आफ्नै घरमा ब्युटिपार्लर र कपाल काट्ने व्यवसाय गरिरहेकी छिन् । जहाँ जवानदेखि बुढासमेत कपाल कटाउन आउछन् । “बुढा बाजेहरुको कपालको पैसा थोरै लिन्छु जसबाट मेरो सेवा पनि भैहाल्छ भनेर कोमल भन्छिन् ।”
उनि भन्छिन् सुरुमा केटाहरुको कपाल काट्दा,सेभिङ्ग गर्दा एक्दमै हाथ काँप्थ्यो,बिगार्दिन्छु की ?भनेर डर पनि लाग्थ्यो तर काम गर्दै जाँदा आत्मविश्वास बढ्दै गयो ।
कोमल भन्छिन्,अहिले दिनमा ५ देखि १० जना कपाल कटाउन आउछन् । सिजनमा भने धेरै भिड पनि हुन्छ, म एक्लै नसकेर मेरा अरु ब्युटिपार्लर सिकेका साथिलाई बोलाउँछु ।
पहिला बच्चा र बाजेको कपाल मात्रै काट्न सक्थे स्टाइलिस कटहरु काट्न आउदैन्थ्यो,अनि त्यसपछि यहि २०८३ मा मुक्त कमैया महिला विकास मञ्चद्घारा थप २ महिना एडभान्स सिप सिक्ने मौका मिल्यो र अब म फरक फरक स्टाइलका कपाल पनि काट्न सक्छु,भनेर कोमल भन्छिन् ।
सुरुमा पुरुषहरुको कपाल काट्दा,धेरै कुरा काट्ने पनि भेट्टिए,आफनै छरछिमेकका बाजे,अंकलहरु भन्थे “यो त पुरुषले गर्ने काम हो तिमी किन गर्छौ,केटी मान्छेलाई यस्तो काम सुहाउँदैन समेत पनि भन्थे”।े यो काम केटाको हो,यो केटिको काम हो भनेर किन भेद्भाव गर्नुहुन्छ ? जसलाई जुन कामबाट सन्तुष्टि भैराको छ , कसैको अगाडि केहि कुराको लागि हाथ फैलाउन परेको छैन्,भने त्यहि काम त गर्ने हो भनेर कोमल आफ्नो बाजेहरुलाई सम्झाउने गर्थिन् ।
“कोमल भन्छिन् अहिले विदेश जाने योजना छैन्,म यतै आफ्नो व्यवसायलाई निरन्तरता दिन्छु ।”
सिप सिक्नुपर्छ हामी केटी मान्छे होे भोलीको दिन पराई घर पनि जानुपर्छ खोइ बुझ्ने मान्छे,परिवार मिल्छ की नाइ,त्यसैले सिप सिकेर आफूले पनि केहि गर्नुपर्छ । कुनै काम सानो वा ठूलो हुंदैन,मिहिनेत र लगनले गर्यो भने बिस्तारै सफल पनि भइने हो भनेर कोमल भन्छिन् ।
कोमल आफ्नो सिपलाई व्यवसायमा बद्लेर काम गर्दै थप सिक्दै,मिहिनेत गर्दै अघि बढिरहेकी छिन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin