२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीमा दसैँको अवसरमा ‘विशेष सखिया नाच’ प्रदर्शन हुने​

खबर सम्बाददाता १९ आश्विन २०८३, सोमबार
धनगढीमा दसैँको अवसरमा ‘विशेष सखिया नाच’ प्रदर्शन हुने​

धनगढी, असोज १९— थारू समुदायको मौलिक, धार्मिक तथा सांस्कृतिक परम्पराको रूपमा रहेको ‘सखिया नाच’को संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले धनगढीमा विशेष सखिया नाच प्रदर्शन आयोजना हुने भएको छ।

डस्य विशेष सामुहिक सख्या नाच प्रदर्शन २०८३ मुल आयोजक समिती को आयोजनामा धनगढी उपमहानगरपालिका को प्राङ्गणमा असोज २१ गते हुने भएको हो । ​कृष्णलीला तथा महाभारतका कथावस्तुमा आधारित गीतमा युवतीहरूले सामूहिक रूपमा गायन गर्ने र युवकहरूले मादलको तालमा साथ दिने सखिया नाच थारू समुदायको मौलिक पहिचान, धार्मिक आस्था, कला, भाषा र सामाजिक एकताको महत्त्वपूर्ण प्रतीक हो।

परम्परागत रूपमा अष्टिम्कीदेखि सुरु भई दसैँभरि हुँदै दीपावलीसम्म करिब एक महिनासम्म गाउँघरमा सखिया नाच नाच्ने परम्परा रहँदै आएको छ।​तथापि, पछिल्लो समय शिक्षा, रोजगार, वैदेशिक पलायन तथा समय परिवर्तनसँगै यो परम्परा क्रमशः छोटिँदै र सीमित हुँदै गएको छ।

यस्तो अवस्थामा मौलिक संस्कृति नयाँ पुस्तासम्म पुर्‍याउन, युवायुवतीलाई आफ्नो संस्कृति र परम्परासँग जोड्न तथा सखिया नाचको संरक्षणका लागि सकारात्मक वातावरण निर्माण गर्न यो कार्यक्रम आयोजना गरिएको हो।​यसअघि सामाजिक सञ्जालमार्फत तीन दिने कार्यक्रम गर्ने जानकारी सार्वजनिक गरिएको भए तापनि हाल गाउँघरमा धान काट्ने तथा अन्य कृषि कार्यको व्यस्तताका कारण कलाकार तथा समुदायको सहभागितामा असर पर्न सक्ने भएकाले आयोजकले कार्यक्रमलाई एक दिनमा सीमित गर्ने निर्णय गरेको छ।

​कार्यक्रमसम्बन्धी जानकारी:​मिति: असोज २१ गते​समय: दिउँसो ३:०० बजेदेखि साँझ ६:०० बजेसम्म​स्थान: धनगढी उपमहानगरपालिकाको आँगन​कार्यक्रम: विशेष सखिया नाच प्रदर्शन​आयोजकका अनुसार कार्यक्रममा थारू समुदायका कलाकार, युवायुवती, संस्कृतिप्रेमी तथा संस्कृति संरक्षणमा रुचि राख्ने विभिन्न सरोकारवालाहरूको सहभागिता रहनेछ।​यस कार्यक्रमलाई केवल नृत्य प्रदर्शनका रूपमा मात्र नभई थारू समुदायको मौलिक संस्कृति, परम्परा, भाषा, कला र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने एउटा अभियानका रूपमा लिइएको छ।

यस अवसरमा सम्पूर्ण थारू समुदाय, स्थानीय बासिन्दा, सञ्चारकर्मी, कलाकार, संस्कृतिप्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थित भई सांस्कृतिक संरक्षण र पुस्तान्तरणको अभियानमा साथ दिन आयोजकले हार्दिक अनुरोध गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin