बाजुरामा विद्युत्को पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको हो ।
वडा नं २ स्थित परिवन सामुदायिक वनभित्र गाडिएको केन्द्रीय विद्युत्त लाइनको पोलमा करेन्ट लागेर घटना स्थलमै मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।