धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयलाई डेस्क–बेन्च हस्तान्तरण गरेको छ । सोमबार बेहडाबाबा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगर उपप्रमुख कन्दकला रानाले डेस्क–बेन्च हस्तान्तरण गरेकी हुन् । विद्यालयहरुको भौतिक तथा शैक्षिक वातावरण सुधारका लागि वडा नम्बर १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयलाई ५० र वडा नम्बर १८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयलाई ३८ सेट डेस्क–बेन्च हस्तान्तरण गरेको छ ।
चन्द्रोदय माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे भवनका लागि उपलब्ध गराइएको डेस्क–बेन्चसँगै उपमहानगरपालिकाले शैक्षिक सामग्री, तालिम तथा छात्रवृत्तिमा समेत सहयोग गर्दै आएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, सम्बन्धित वडाध्यक्ष तथा उपमहानगरपालिकाका कर्मचारीको सहभागिता रहेको थियो ।