धनगढीका एक युवक जबरजस्तीकरणी उद्योग मुद्धामा पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ शिवनगरका बबी सोडारीलाई एक युवतीले एक वर्षअघि दिएको जाहेरीका आधारमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोडारी लामो समयदेखि फरार सूचीमा थिए। धनगढीस्थित घरमा आएका बेला उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोडारी सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा हुन् ।