२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीमा नमस्ते युवा क्लबको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

खबर सम्बाददाता २० आश्विन २०८३, मंगलवार
धनगढीमा नमस्ते युवा क्लबको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

धनगढी–४, कैलाली ।

नमस्ते युवा क्लबको आयोजनामा नेपालीहरूको महान् पर्व विजयादशमीको शुभ अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। “खेलाडीको सम्मान, खेलकुदको उत्थान” भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता २०८३ असोज २९ गतेदेखि ३१ गतेसम्म धनगढी उपमहानगरपालिका–४ स्थित शिवगौरी धाम प्राङ्गण (भगवती टोल) मा सञ्चालन हुने क्लबले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. ४४,४४४, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद रु. २२,२२२, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी उत्कृष्ट खेलाडीलाई रु. २,१००, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर तथा उदयमान खेलाडीलाई जनही रु. १,१०० र प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याचबापत रु. ५०० प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले रु. ४,५०० प्रवेश शुल्क बुझाउनुपर्नेछ। टिम दर्ता गर्दा खेलाडीहरूको नामावलीसहित प्रत्येक टिममा 9 जना खेलाडी, १ जना टिम कोच र १ जना व्यवस्थापक रहने व्यवस्था गरिएको छ।

टिम दर्ताको अन्तिम मिति २०८३ असोज २५ गते बेलुका ५ बजेसम्म तोकिएको छ। प्रतियोगितालाई सफल बनाउन खेलाडी, खेलप्रेमी, संघ–संस्था, क्लब तथा सञ्चारमाध्यमलाई सहयोग र सहभागिताका लागि आयोजक क्लब, धनगढीले अनुरोध गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin