सुदूरपश्चिम प्रदेश सरकारले आज चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने गरी प्रदे सभा बैठक बोलाउने निर्णय गरेको थियो । सभामुख भीमबहादुर भण्डारीले बजेट प्रस्तुतिका लागि प्रदेशसभा बैठक आह्वान गरिएको जानकारी दिएका छन् ।
बजेट प्रस्तुत भई पारित भएपछि लामो समयदेखि सुदूरपश्चिमले सामना गर्दै आएको बजेट शून्यताको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ ।
यसअघि गत असार १ गते तत्कालीन प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ का लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । तर बजेटको विषयलाई लिएर सत्तारुढ दलभित्रै विवाद उत्पन्न भएपछि उक्त बजेट प्रदेशसभाबाट पारित हुन सकेको थिएन ।
बजेट विवादकै कारण कांग्रेस नेतृत्वको सरकार परिव र्तन भयो । त्यसपछि साउन १ गतेदेखि प्रदेश सरकार बजेटविहीन अवस्थामा पुगेको थियो । नयाँ सरकार गठन भए पनि लामो समयसम्म बजेट सम्बन्धी विवाद समाधान हुन नसक्दा प्रदेश सरकारका नियमित कामदेखि विकास निर्माणका गतिविधिसमेत प्रभावित भएका थिए ।
नयाँ आर्थिक वर्ष सुरु भएको ८१ दिन पछि ल्याउन लागिएको बजेट जनमुखी होला या बिचौलियामुखी होला भन्ने प्रश्न आमरुपमा उठिरहेको छ ।