धनगढी उपमहानगरपालिका–४ स्थित धनगढी बसपार्कको मर्मतका लागि सम्झौता भएको छ । जेडीएन इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिसंग सम्झौता भएको हो ।
प्राप्त दरभाउपत्रहरूको मूल्याङ्कनबाट उक्त कम्पनीको दरभाउपत्र स्वीकृत भएको हो । सोही आधारमा २०८३ असोज ९ गते सम्झौता गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
सम्झौताअनुसार बसपार्कको मर्मत कार्य २०८३ मंसिर ९ गतेभित्र सम्पन्न गर्ने गरी कार्यादेश जारी गरिएको छ । मर्मत कार्य सम्पन्न भएपछि बसपार्कको भौतिक अवस्था सुधार हुनुका साथै यात्रु तथा सेवा ग्राहीलाई थप सहजता हुने अपेक्षा गरिएको छ ।
उपमहानगरपालिकाले मर्मत कार्य गुणस्तरीय, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न स्थानीयवासी तथा सम्पूर्ण सरोकारवालालाई आवश्यक सहयोग, समन्वय र सहकार्य गरिदिन अनुरोध गरेको छ ।