आज बिहान आएको हावाहुरी र असिनापानीले कैलालीको घोडाघोडी नगरपालिका भित्रका विभिन्न स्थानमा क्षेति पुर्याएको छ । नगरपालिकाको वडा नं ५, १० लगायत आसपासका क्षेत्रमा क्षति र्पुयाएको हो ।
हावाहुरीका कारण राजमार्ग क्षेत्रमा रुख ढल्दा सडक अवरुद्ध हुनुका साथै बस्तीका केही घरका छाना उडाएको र घरमा रुख ढलेर क्षति र्पुयाएको छ । यस्तै, असिनापानीका कारण धानबालीमा समेत क्षति पुगेको बताइएको छ।
प्रभावित क्षेत्रका पीडितको क्षतिको विवरण संकलन गरी उद्धार तथा व्यवस्थापनका काम अघि बढाइएको समेत जनाइएको छ ।