स्थानीय तहको आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आन्तरिक तयारी अघि बढाएको छ । निर्वाचनको मिति भने सरकारले आयोगसँगको परामर्शमा घोषणा गर्ने प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधि मण्डलसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त कार्कीले आयोग आगामी निर्वाचनको तयारीमा जुटिसकेको जानकारी दिएका हुन् ।
आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसको आसपास र संवैधानिक व्यवस्थाअनुसार निर्वाचन हुने बताईएको छ ।
निर्वाचन आयोग र राससबीचको सम्बन्ध, आपसी सहयोग तथा सहकार्यलगायत समसामयिक विषयमा पनि छलफल भएको थियो ।