शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा (एघारौँ संशोधन) विधेयक, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।
प्रस्ताव अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन् । माध्यमिक तृतीय श्रेणी तथा निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले भने ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन् ।
प्रस्तावित व्यवस्था अनुसार सवारीसाधन खरिदमा लाग्ने किस्तागत ब्याजको ८० प्रतिशतसम्म सरकारले व्यहोर्नेछ भने बाँकी २० प्रतिशत शिक्षक स्वयंले व्यवस्थापन गर्नुपर्नेछ । यो सुविधा शिक्षक सेवामा बहाल रहेसम्म उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।