२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

निसर्ग इन्डो नेपाल जुगेडा कपको उपाधि भारतको सुडाले हात पार्यो

खबर सम्बाददाता २५ आश्विन २०८३, आईतवार
निसर्ग इन्डो नेपाल जुगेडा कपको उपाधि भारतको सुडाले हात पार्यो

खेलाडीको व्यवसायीकरण तथा खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित निसर्ग इन्डो नेपाल जुगेडा कप २०८३ भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधि भारतको टिम सुडाले हात पारेको छ । टिम सुडाले फाइनलमा नेपालको कोहिनुर स्पालाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै सुडाले नगद दुई लाख रुपैयाँ, शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ। उपविजेता कोहिनुर स्पाले एक लाख रुपैयाँ प्राप्त गर्दा सेमिफाइनलमा पुगेका भारतको नैनीताल टिम र सेवा प्रिन्टिङ प्रेसले जनही २) हजार रुपैयाँ प्राप्त गरेका छन्।

समापन समारोहमा निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक, शैक्षिक, खेलकुद र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताए । उनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आए निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्दै भलिबललाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

समारोहमा आयोजक समितिका पदाधिकारी, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुदूरपश्चिम खेलकुद परिषद्का पदाधिकारी तथा हजारौँ दर्शकको उपस्थिति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin