सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माण तथा पूर्वाधार विकासका लागि ६ अर्ब ४५ करोड रुपैयाँ बजेट विनीयोजन गरेको छ ।
प्रदेशभित्र सडक सञ्जाल विस्तार, नयाँ सडक निर्माण तथा पुराना सडकको स्तरोन्नतिलाई प्राथमिकता दिँदै सरकारले उक्त बजेट विनियोजन गरेको हो।
विनियोजित बजेटबाट प्रदेशका विभिन्न स्थानमा सडक पूर्वाधार विकास हुनुका साथै यातायात सेवा सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।