दसैँ–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने पर्यटकका लागि मङ्गलबारदेखि निकुञ्जमा जङ्गल सफारी खुला गरिएको हो ।
बर्सातका कारण सबै रुट खुलाउन नसकिए पनि दसैँ–तिहारमा आउने पर्यटकलाई लक्षित गरेर मुख्य रुट खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
निकुञ्जको घाँसे मैदानमा हजारौँको सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ। शुक्लाफाँटामा दुई हजार ३०० बाह्रसिङ्गा छन्। त्यसैगरी, यहाँ ५० वटा पाटेबाघ रहेका छन्। दुर्लभ वन्यजन्तुका र वनस्पतिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रसिद्ध छ।