सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बजेट विवाद समाधान गर्न संसदीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
नेकपा संसदीय दलको बैठकले आइतबार प्रस्तुत बजेट पारित गर्ने र छानबिनबाट देखिएका बेथिति कात्तिक १५ गतेभित्र पूरक बजेट मार्फत हटाउने सहमति गरेको सांसद अक्कल रावलले जानकारी दिए । हालको बजेटमा पुँजीगत खर्च नगर्ने सहमति पनि भएको उनले बताए ।
आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेट निर्माणमा बिचौलियाको प्रभाव, कमिसन र पहुँचका आधारमा योजना छनोट गरिएको आरोप लागेपछि सत्तारूढ दलभित्रै विवाद उत्पन्न भएको थियो ।