३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

जिल्ला प्रशासन कार्यालय कैलालीले आंशिक निषेधाज्ञा जारी

खबर सम्बाददाता १२ चैत्र २०७७, बिहीबार
जिल्ला प्रशासन कार्यालय कैलालीले आंशिक निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय कैलालीले आंशिक निषेधाज्ञा जारी गरेको छ।

भारतका केही राज्यहरूमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर प्रशासनले विभिन्न आदेश जारी गरेको हो।

बुधबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्रशासनले कडाई गरेको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्वारा हस्ताक्षरित आदेशमा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ। यस्तै, धार्मीक तथा सामाजिक स्थलहरुमा सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ।त्यसैगरी कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गरी सम्बन्धित निकायलाई क्वारेन्टिन तथा आइशोलेशन तयारी अवस्थामा राख्न भनिएको छ।
सबै कार्यालय, शैक्षिक संस्थाहरुमा सामाजिक दुरी कायम जिल्ला ।
यस्तै बैठक, सेमिनार गोष्ठी भर्चुअल माध्यमबाट गर्ने, यदि अत्यावश्यक भएमा जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्ने भनिएको छ। यसैगरी सीमा नाकाबाट भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्ने, रात्रिकालिन समयमा सञ्चालन हुने होटेल, रेष्टुरेन्ट तथा बारहरुमा भिडभाड नगर्न समेत जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ।

यी आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि जारी आदेशमा उल्लेख गरिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin