सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।
उनले सभामुख भीमबहादुर भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । पूर्वमन्त्री समेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेट प्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।
उनी लामो समय प्रदेशको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री थिए ।