धनगढीमा वातावरण संरक्षण र प्लास्टिकजन्य फोहोर न्यूनीकरणको सन्देश फैलाउँदै ASEZ WAO ले करिब तीन किलोमिटर सडक सरसफाइ गरेको छ। बुधबार बिहान धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धि बहादुर खड्काको प्रमुख आतिथ्यमा धनगढीमा करिब तीन किलोमिटर सडक सरसफाइ गरिएको छ।
बोराडाँडीदेखि उत्तरबेहेडी हुँदै शहीदगेट चोकसम्म गरिएको सरसफाइमा करिब ६० जना सहभागी भएका थिए। दुई घण्टासम्म चलेको कार्यक्रममा करिब ३० बोरा फोहोर संकलन गरी नगरपालिकाको फोहोर संकलन गर्ने गाडीमार्फत व्यवस्थापनका लागि पठाइएको थियो।
‘Zero Plastic 2040’ अभियानअन्तर्गत आयोजित कार्यक्रमले प्लास्टिकजन्य फोहोर न्यूनीकरण, वातावरण संरक्षण र स्वच्छ समाज निर्माणमा जनचेतना फैलाउने लक्ष्य राखेको छ।