चालु आर्थिक वर्ष २०८३÷८४ को भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो साउनको तुलनामा ६ अर्ब रुपैयाँ बढी हो।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको दुई महिनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति र ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।