२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कांग्रेस केन्द्रीय सदस्यमा डा. जीवन रानाको शानदार जित, थारु महिला क्लस्टरमा सर्वाधिक मत

खबर सम्बाददाता ३० आश्विन २०८३, शुक्रबार
कांग्रेस केन्द्रीय सदस्यमा डा. जीवन रानाको शानदार जित, थारु महिला क्लस्टरमा सर्वाधिक मत

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा डा. जीवन राना थारु महिला क्लस्टरतर्फ सर्वाधिक मतसहित विजयी भएकी छन्। सोही क्लस्टरतर्फ डा. प्रमिला कुमारी गच्छदार पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

डा. राना कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन्। पार्टीको १४ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेकी डा. रानाले पुनः केन्द्रीय नेतृत्वमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।

यसअघि डा. राना सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा समेत नियुक्त भएकी थिइन्। पार्टी संगठन र प्रदेशको नीतिगत तहमा काम गरिसकेकी उनको पुनः केन्द्रीय सदस्यमा भएको विजयलाई राजनीतिक अनुभव र नेतृत्वको निरन्तरताका रूपमा हेरिएको छ।

थारु महिला क्लस्टरतर्फ सर्वाधिक मतसहित विजयी भएसँगै डा. रानाको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व थप सशक्त बनेको छ। थारु महिला कलस्टर तर्फ मतगणना सम्पन्न भए पनि निर्वाचनको आधिकारिक मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin