२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

थारू सांगीतिक इतिहासमा पहिलोपटक धनगढीमा ‘आरके थारू एन्ड संघाति ब्यान्ड’को भव्य लाइभ कन्सर्ट हुँदै

खबर सम्बाददाता ३० आश्विन २०८३, शुक्रबार
थारू सांगीतिक इतिहासमा पहिलोपटक  धनगढीमा ‘आरके थारू एन्ड संघाति ब्यान्ड’को भव्य लाइभ कन्सर्ट हुँदै

थारू सांगीतिक इतिहासमा पहिलोपटक ‘आरके थारू एन्ड संघाति ब्यान्ड’को आयोजनामा भव्य रूपमा थारू लाइभ कन्सर्ट हुने भएको छ।

दसैँ सांस्कृतिक फेस्टिभलको अवसरमा असोज ३१ गते धनगढीस्थित ओम प्यालेसमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो।दिउँसो ४ बजेदेखि सुरु हुने कन्सर्टमा थारू गीत–संगीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिनेछ।

थारू कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस कार्यक्रमलाई सांगीतिक क्षेत्रका लागि विशेष अवसरका रूपमा हेरिएको छ।कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष बाढीपीडितलाई सहयोग गर्नु हो। कन्सर्टबाट संकलित सहयोग रकम रसुवा बाढीबाट प्रभावित पीडितहरूको सहयोगका लागि उपयोग गरिने जनाइएको छ।

मनोरञ्जनसँगै मानवीय सेवाको भावना जोडिएको यस कार्यक्रमले थारू समुदायको सांस्कृतिक पहिचानलाई थप उजागर गर्नुका साथै विपद्मा परेकाहरूलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

थारू संगीतप्रेमी, कलाकार तथा दर्शकहरूको सहभागिताले कार्यक्रमलाई भव्य र सफल बनाउने आयोजकको अपेक्षा छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin