२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

नेपाली चेलीको भारतमा रहस्यमय मृत्यु

खबर सम्बाददाता १२ चैत्र २०७७, बिहीबार
नेपाली चेलीको भारतमा रहस्यमय मृत्यु

कञ्चनपुरको बेलौरी नगरपालिका ४ रिछाहा कि २२ बर्षिया नेपाली चेलीको भारतमा रहस्यमय मृत्यु भएको छ । विवाहित स्थानीय मोली रानाकी श्रीमती भागरती रानाको भारतमा रहस्यमय तवरले मृत्यु भएको हो ।

यही चैत ६ गते घरदेखि हराएकी महिलाको १० गते साझ एकाएक मृत्युको खबर सुनिएको उनका श्रीमान मोली रानाले बताए । उनका अनुसार श्रीमती हराएको बारे ८ गते इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दर्ता गराएका थिए । उता, प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा भारतको लखीमपुर जिल्ला, थाना सम्पुर्णानगर, ग्राम गोविन्दनगरका स्थानीय अन्दाजी ३० बर्षिय विक्रम कुमार भारतीय प्रहरीको नियन्त्रणमा छन् ।

भारतीय नागरिक विक्रम कुमार र मृतक भागरतीको केही समय पहिले देखि नै सम्पर्क रहेको बुझिएको छ भने घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए ।
मृतकका बुवा सुब्बा राना भन्नुहुन्छ – “घटना के कसरी घट्यो यसको सत्य तथ्य छानबिन गरि दोषी उपरकार्वाही गरियोस् ।” यस्तै मृतकका श्रीमानले घटनाको प्रकृति हेर्दा बलात्कार पछि हत्या भएको हुन सक्ने बताए। उनले भने – “श्रीमतीको क्रुरहत्या गर्ने अपराधीलाई कार्वाही गरियोस्। “

भारतीय नागरिक विक्रम कुमारले श्रीमतीको गरगहना लुट्न बलात्कार पछि हत्या गरेको हुन सक्ने उनले बताए । उनले भने -“श्रीमतीले तिलहरी, जन्तर,नाक र कानमा फुली गरि दुई / तीन तोला सम्म गहना लगाएकी थिएन् सबै लुटिएको छ ।”उक्त घटनाको खबरसुने पछि घटना स्थल पुगेका उनका आफन्तलाई भारतीय प्रहरीले पोष्टमार्टम रिपोर्ट नआउदैं जबरजस्ती शव बुझ्न दबाब दिएको बताइएको छ ।

भने भारतीय प्रहरीको दबाबमा उनका आफन्तले शव बुझेर नेपाल ल्याएका छन् । यस्तै परिवार र आफन्तले घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कडाभन्दा कडा कार्वाहीको माग अघि सारिरहेका छन् । मृतकका एक छोरा र एक छोरी छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin