कैलालीमा बडादसैँको सातौँ दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हर्षोलासका साथ फूलपाती भित्र्याएका छन् ।
धनगढी स्थित नैनादेवी र वनदेवी मन्दिरमा विधिपूर्वक पूजाआजा गरेपछि सुरक्षा निकायले फूलपाती भित्र्याएका हुन्। सो क्रममा हर्षबढाइँसमेत गरिएको थियो।
दसैँको सातौँ दिन घर तथा पूजाकोठामा फूलपाती भित्र्याएर नवदुर्गा मध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ।