२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले लिए फुटबलबाट सन्न्यास

खबर सम्बाददाता ३१ आश्विन २०८३, शनिबार
राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले लिए फुटबलबाट सन्न्यास

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले फुटबल करियर टुंग्याएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो फुटबल यात्रालाई यहीँ टुंग्याएको बताएका हुन् ।

बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको उल्लेख गर्दै विमलले यो यात्रा लामो र कठिन रहेको बताएका छन् ।

‘जति मैले देशका लागि खेलेँ, मनैदेखि खेलेँ । सबै थोक मैले फुटबललाई नै दिएँ,’ उनले लेखेका छन् ।

फुटबलप्रति माया गर्ने शुभचिन्तकहरूले आफूलाई दिएको माया र समर्थनकै कारण यो सम्भव भएको उल्लेख गर्दै उनले सबैप्रति आभार व्यक्त गरेका छन् ।

फुटबल करियर टुंग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको बताउँदै विमलले आफ्नो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्, ‘कठिन थियो।
मैले देशका लागि जति खेलेँ, मनैदेखि खेलेँ। आफ्नो सबैथोक मैले फुटबललाई नै दिएँ।
मलाई र फुटबललाई माया गर्नुहुने सम्पूर्ण शुभचिन्तकले जुन माया र साथ दिनुभयो, त्यो सबै फुटबलकै कारण सम्भव भएको हो।
आज यो निर्णय लिँदा म निकै भावुक भएको छु।
सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले आफ्नो फुटबल यात्रा यहीँसम्म टुंग्याएको छु।’

२८ वर्षिय बिमल केही समयअघि अष्ट्रेलिया पलायन भएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin