कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५, देखतभुलिमा आठौँ ICYC वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता असोज १४ गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता नकआउट प्रणालीमा खेलाइनेछ। प्रतियोगितामा सहभागी हुन टिमले ६ हजार ५ सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ।
विजेता टिमले एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँमा १०% करकट्टी गरि नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको आयोजक आठौँ ICYC वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ सचिवालय समिति रहेको छ।
त्यसैगरी, उत्कृष्ट डिफेन्डर (Best Defence), उत्कृष्ट मिडफिल्डर (Best Midfielder), उत्कृष्ट गोलकिपर (Best Goalkeeper) र उत्कृष्ट फरवार्ड (Best Forward) लाई जनही एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (Most Valuable Player–MVP) लाई दुई हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
उक्त प्रतियोगिता इटाहा चारपाते युवा क्लबको आयोजना र लालझाडी गाउँपालिका ५ नं वडा कार्यालयको मुख्य संरक्षकमा सञ्चालन भैरहेको छ ।