२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सुदूरपश्चिम रोयल्सबाट खेल्दै वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्ड

खबर सम्बाददाता ७ कार्तिक २०८३, शनिबार
सुदूरपश्चिम रोयल्सबाट खेल्दै वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्ड

वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने क्षमता भएका रदरफोर्डको आगमनले सुदूरपश्चिमको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ ।

२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड मध्यम गतिका बलर समेत हुन् । उनी छोटो प्रारूपको क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन् ।

रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च व्यक्तिगत स्कोर ८४ रन हो।

सबैखाले टी–२० क्रिकेटमा रदरफोर्डको प्रदर्शन प्रभावशाली छ । उनले २८३ खेलमा ५ हजार () रन बनाउनुका साथै ३२४ छक्का प्रहार गरेका छन्। उनको टी–२) ब्याटिङ स्ट्राइक रेट १४२।)५ रहेको छ। यसले उनलाई आक्रामक ब्याटरका रूपमा स्थापित गरेको छ।

रदरफोर्ड नियमित बलिङमा भने देखिँदैनन्। उनले २८३ टी–२) खेलमध्ये ३३ इनिङमा मात्र बलिङ गर्दै १८ विकेट लिएका छन्।

उनले सन् २०१८ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट टी–२० क्रिकेटमा पदार्पण गरेका थिए। सोही वर्ष उनले वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट टी–२० अन्तर्राष्ट्रिय खेल्न थालेका थिए। सन् २०२३ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा पदार्पण गरेका उनले दोस्रो खेलमै ६३ रन बनाएका थिए।

फ्रेन्चाइज क्रिकेटमा पनि रदरफोर्डको अनुभव व्यापक छ । उनले सीपीएल, इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२० र मेजर लिग क्रिकेटजस्ता प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएलको उपाधि जित्दा टोलीमा थिए। त्यस्तै, सन् २०२०–२१ मा कराँची किङ्सबाट खेल्दै पीएसएलको उपाधिसमेत जितेका थिए।

आईपीएलमा रदरफोर्डले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २९१ रन बनाएका थिए। यसअघि उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट पनि खेलेका थिए। मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सको उपाधि विजेता टोलीमा रहे पनि ती सिजनमा भने उनले खेल्ने अवसर पाएका थिएनन्।

अन्तर्राष्ट्रिय क्रिकेट र विभिन्न फ्रेन्चाइज लिगको अनुभव बोकेका रदरफोर्डको आगमनसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो संस्करणमा आफ्नो ब्याटिङलाई थप आक्रामक बनाउने अपेक्षा गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin