बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो गाउँमाथिको अठपालीमा खर काट्न गएका ५० वर्षीय जोशी भिरबाट लडेर चट्टानमा बजारिएका थिए। गम्भीर घाइते भएका उनलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिए पनि उद्धार हुनुअघि नै मृत्यु भएको आफन्त रामचन्द्र जोशीले बताए ।
जोशी २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।