कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा कुखुरा बोकेको बोलेरो पिकअप दुर्घटनामा परेको छ । दुर्घटनामा पिकअपमा रहेका आधाजति कुखुरा मरेका छन् भने चालक सामान्य घाइते भएका छन्। ।
शनिबार बिहान सडकमा आएको गाईलाई बचाउन चालकले ब्रेक लगाउँदा ना ४ च ५१०५ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो ।
चितवनबाट कुखुरा लिएर धनगढीतर्फ आउँदै गरेको पिकअपमा करिब १५ क्विन्टल कुखुरा रहेको चालक निरज गुरुङले बताए । दुर्घटनाका क्रममा कुखुरामध्ये आधाजति च्यापिएर मरेको उनले जानकारी दिए ।
पिकअपमा चालकसहित दुई जना सवार थिए । दुर्घटनामा चालक गुरुङको हातमा सामान्य चोट लागेको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोली र ट्राफिक प्रहरीको सहयोगमा जेसीबी प्रयोग गरी पल्टिएको पिकअप उठाइएको थियो ।