२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

होलिमा भिडभाड गरे कार्वाही गर्ने

खबर सम्बाददाता १४ चैत्र २०७७, शनिबार
होलिमा भिडभाड गरे कार्वाही गर्ने

जिल्ला प्रहरी कार्यालय कैलालीले आउन लागेको फागु पूर्णिमा (होली) पर्वमा भिडभाड नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ।छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा जिल्लामा संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि होली पर्वमा भिडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ।

सीमाबाट सर्वसाधरणहरुको आवतजावत बढी देखिएकोले स्वास्थ्य मन्त्रालयबाट जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नु सूचनामा आग्रह गरिएको छ। यदी उक्त आदेशको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने समेत जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।उक्त ऐनमा निम्न सजायको व्यवस्था गरिएको छ:
(१) यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(२) यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु. ६००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin