हरेक वर्ष धान पाक्ने सिजन सुरु भएसँगै यहाँका स्थानीयको मनमा एउटै डर पैदा हुन्छ,कतै पाकेको धान भित्र्याउन नपाउँदै जङ्गली हात्तीले नष्ट गर्ने त हैनन् । कतै हामी पनि हात्तीकै आक्रमणमा पर्ने त हैनौँ । यस्ता डर त्रास स्थानियको मनमा आइरहन्छ ।
कञ्चनपुरको लालझाडी गाउँपालीकामा हरेक वर्ष जस्तै यो वर्ष पनि हात्तीले सताइरहेका छन्। गाउँमा घर रहेको बेला बाढीले सताउने गथ्र्यो भने,बाढीबाट बच्न जङ्गल किनार घर बनाउँदा हात्तीले बाँच्न दिरहेका छैनन् ।
किसानहरुको बाच्ने एक मात्रै आधार भनेको कृषि हो । आफ्नो जिविकोपार्जनका लागि किसानले विभिन्न बालीनाली उत्पादन गर्ने गरेका छन्,जस्तै ःधान,गहुँ,उखु इत्यादि । तर हात्तीका कारणले धेरै किसानहरु पिडित छन्।
वर्षभरी मिहेनत गरेर परिवार पाल्नलाई फलाएका बालीनाली हात्तीले गर्दा नष्ट हुन्छ की भन्ने डर लालझाडीका किसानलाई सधैँ सताइरहन्छ ।
समस्या बालीनालीमा मात्रै नभएर घर,बस्ती,मानविय आक्रमण जस्ता पनि समस्या रहेको हुनाले स्थानियको मनमा सधैं डर हुने गर्दछ । विगतका वर्षहरुमा हात्तीको आक्रमणले कैयौँ व्यक्तिले त आफ्नो ज्यान समेत गुमाएका थिए । गाउँबस्ती तथा परिवारका मान्छेहरुलाई ठुलो मानविय क्षति व्यहोर्नु परेको थियो ।
लालझाडीका बासिन्दाहरुको लागि यो समस्या नयाँ होइन् । वर्र्षाैंदेखि दोहोरिंदै आएको हात्तीको त्रासले स्थानियको दैनिक जिवन,खेतिपाती र सुरक्षमाथि प्रश्र्न उठाएको छ । बालबालिका,ज्यष्ठ नागरिक र किसानहरु हात्तीको आक्रमणबाट कसरी जोगिने भन्ने चिन्ता स्थानियहरुको मनमा रहन्छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि पाकेको धानबाली भित्र्याउने बाध्यता सँगै हात्तीको सामना गर्नुपर्ने जोखिम रहेको छ ।
स्थानिय बासिन्दाहरुको स्थानिय निकायलाई प्रश्रन ः हामी कहिलेसम्म हात्तीको डर सहेर बस्ने ?किसानले आफ्नो बालीनाली र परिवारको सुरक्षाबारे ढुक्क हुने अवस्था कहिले आउला ?लालझाडीका बासिन्दाहरुले हात्तीको जोखिमलाई स्थायी रुपमा समाधान खोजिरहेका छन् । उनिहरुलाई आश्वासन मात्रै होइन एउटा प्रभावकारी कदमको आवश्यकता छ ।