२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशमा पनि निर्यात सुरु

खबर सम्बाददाता ८ कार्तिक २०८३, आईतवार
असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशमा पनि निर्यात सुरु

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३÷८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यो रकम गत वर्षको असोजभन्दा ९६ करोड २० लाख र चालु आवको भदौभन्दा ८३ करोड २५ लाख रुपैयाँले बढी हो ।

प्राधिकरणका अनुसार असोजमा भारत तर्फ ६३ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत निर्यात गरिएको थियो। विद्युत भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौताअनुसार तथा भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको हो। चालु आवको साउनदेखि असोजसम्म विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पुनः सुरु भएको छ। बाढीका कारण त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुगेपछि रोकिएको निर्यात वैकल्पिक आयोजनाबाट उत्पादित विद्युतमार्फत पुनः सञ्चालनमा ल्याइएको हो।

प्राधिकरणका अनुसार भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यातको अनुमति प्राप्त भएसँगै भारततर्फ निर्यात गर्न स्वीकृत कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin