कञ्चनपुरमा बस्ती नजिकै पाटेबाघ देखिएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ स्थित इमलिया चमनचोक नजिकै बस्ती तर्फ आउँदै गरेको पाटेबाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जडान गरेको क्यामेरामा कैद भएको छ । बाघको गतिविधि देखिएपछि निकुञ्जले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
बेलडाँडी रेञ्जर पोस्टका प्रमुख रेञ्जर निम चौधरीका अनुसार बाघलाई जंगलतर्फ धपाउन हात्ती सहितको टोली परिचालन गर्ने तयारी भइरहेको छ ।
यसैबीच, वन तथा वातावरणमन्त्री गीता चौधरीले बस्तीमा क्षति पुर्याउने हात्तीको निगरानी र जोखिम न्यूनीकरणका लागि रेडियो कलर जडान गर्ने तयारी भइरहेको बताएकी छिन् ।