२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध

खबर सम्बाददाता ८ कार्तिक २०८३, आईतवार
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

३१ वर्षीय बायाँहाते ब्याटर तथा स्पिनर एलेन टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सबैखाले टी–२० क्रिकेटमा १७८ खेल खेलेका उनले १ हजार ६३४ रन बनाउनुका साथै १०९ विकेट लिएका छन् ।

विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको आक्रामक ब्याटिङ बलियो हुने सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले विश्वास व्यक्त गरेका छन् ।

टोलीमा अनुबन्ध भएपछि एलेनले नेपाल आएर एनपीएल खेल्न र सुदूरपश्चिम रोयल्सको सफलतामा योगदान दिन आफू उत्साहित रहेको बताएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin