रङ्ग र उल्लासको पर्व होलीमा कैलालीको सुरक्षा व्यवस्था कडा पारिएको छ । कैलालीको धनगढीका बिभिन्न पाँच ठाँउबाट सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।उनका अनुसार धनगढीको चटकपुर,मिलनचोक,कैलाली पुल,राष्ट्र बैंक चोक र क्यामसरोडबाट चेकजाँचमा कडाई गरेको हो । होलीमा जथाभावी रङ्ग छ्याप्ने,हिलो छ्याप्ने र मादकपदार्थ सेवन गरि सवारी चलाउनेहरुलाई प्रहरीले कारबाही गर्ने जनाएको छ । कैलालीमा होलीका लागी हजारौ प्रहरी परिचालन गरिएको कैलाली प्रहरीले जनाएको छ ।
यस अघि जिल्ला प्रशासन कैलाली होली खेल्न तथा भिडभाड गर्न ले रोक लगाएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीमा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको हो।