२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

थरुहट र सरकारी वार्ता टोलीबीच पहिलो चरणको वार्ता सम्पन्‍न

खबर सम्बाददाता १७ चैत्र २०७७, मंगलवार

whatsapp sharing button

काठमाडौँ,१७ चैत । आन्दोलनरत विभिन्न थारु संगठन र सरकारबीच मंगलबार पहिलो चरणको वार्ता भएको छ । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता मंगलबार टोलीबीच वार्ता भएको हो ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् भने थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सदस्य रहेका छन् ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने हितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin