एल आई सी नेपाल लि धनगढी शाखा बाट जीवन बीमा गराउनु भएका स्व.यज्ञ राज बाेहराका श्रीमती जानकी बाेहरालाई शाखा कार्यलयमा एक कार्यक्रम बिच शाखा प्रबन्धक कृष्ण भट्ट र बरिष्ठ अभिकर्ता गंगा राम धामी ले सयुक्त रुपमा मृत्यु दाबीकाे चेक रकम हस्तान्तरण गर्नु भएका थियाे।मृतक बाेहराले केहि महिना अगाडि मात्र अर्ध बार्षिक किस्ता बुझाउने गरि अभिकर्ता गंगाराम धामी मार्फत एल आई सीमा रु दस लाख बिमाङ्ककाे जीवन बीमा गर्नु भई प्रथम किस्ता बाफत रु.२४२६० मात्र जम्मा गर्नु भएकाे थियाे।
निज स्व.बाेहराकाे स्वास्थ्यमा अकस्मात समस्या आई सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएकाे निजका हकवाला श्रीमती जानकी बाेहराले जानकारी गराउदै बीमा रकमले आफ्नाे बालबच्चाकाे पढाईमा सहयाेग र आफ्नाे घाउमा हल्हम लगाउदै आफुलाई ठुलाे आर्थिक सुरक्षाकाे प्रत्याभुति दिलाएमा एल आई सी प्रति कृतज्ञ रहेकाे भन्दै धन्यबाद ब्यक्त गर्नु भयाे।
शाखा कार्यलयमा स्वर्गिय बाेहरा प्रति श्रदान्जली ब्यक्त गर्दै शाखा प्रबन्धक भट्टले आफुले एक असल बिमीत गुमाएकाेमा दुख ब्यक्त गर्दै परिवारमा आई पर्ने मानबिय क्षतिकाे पुर्ती कहिले पनि हुन नसक्ने तर आर्थीक रुपमा परिवारकाे मुख्य ब्यक्तिकाे निधन हुँदा आस्रित परिवारमा आई पर्ने आर्थिक संकटमा बीमा रकमले ठुलाे राहत पुर्याउने बिचार ब्यक्त गर्दै आफुहरु सदा आफ्ना बिमीतहरु र निजका परिवारकाे सुखदुखमा सँगसगै रहने बिश्वास ब्यक्त गर्नु भयाे।
साथै उक्त क्रममा अभिकर्ता धामीले एल आई सी नेपाल आफ्ना बिमीत र परिवारकाे सुख दुखमा सधै साथ साथै रहने र हरदम आफुहरु सेवामा कटिबद्ध रहने बिचार ब्यक्त गर्नु भएकाे थियाे उक्त क्रममा पुस्कर भट्ट लगायतका अभिकर्ताकाे समेतकाे सहभागिता थियाे।