३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

शैक्षिक संघ संस्थाहरु फेरि बन्द हुन सक्ने

खबर सम्बाददाता २६ चैत्र २०७७, बिहीबार
शैक्षिक संघ संस्थाहरु फेरि बन्द हुन सक्ने

विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै बन्द हुने सम्भावना देखिएको हो ।

आज स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ ।

देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । कोरोना भाइरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ ।

योसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने स्थानहरुमा जनस्वास्थयको मापदण्डमा अति कडाइका साथ पालना गरेर मात्र सञ्चालन गराउने व्यवस्थाको आग्रह गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin