३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कर्णाली पुलबाट हामफालेका किशोर फेला परेनन्, खोजी कार्य जारी

खबर सम्बाददाता २९ चैत्र २०७७, आईतवार
कर्णाली पुलबाट हामफालेका किशोर फेला परेनन्,  खोजी कार्य जारी

कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका किशोर अझै फेला परेका छैनन्। शनिबार जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका थिए।

उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले बताएको छ। उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

उनीसँगै हामफालेका १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय बिरेन्द्र सिँहको त्यतिबेलै उद्वार गरिएको थियो। प्याकुरेललाई उपचारका नेपालगञ्ज लागि लगिएको छ। उनको छातिमा चोट लागेको कैलाली प्रहरीले जनाएको छ।शनिबार बेपत्ता भएका किशोरसहित ८ जना विद्यार्थीको समूह चिसापानी गएका प्रहरीले बताएको छ। तर ती मध्ये खड्काले किन कर्णालीमा हामफालेको भन्ने एकिन भएको छैन।

प्रारम्भिक अनुसन्धानबाट सुरुमा हामफालेका सञ्जय खड्कालाई बचाउन लोकेश प्याकुरेल र बिरेन्द्र सिँह हामफालेको खुलेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।चिसापानी पुलमा दैनिक टिकटक बनाउनेहरुको भीड लाग्ने गरेको छ। तर उनीहरु भने कुनै भिडियो नबनाइरहेको अनुसन्धानबाट खुलेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin