३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

नेपाल समूहले सुदूरपश्चिममा पनि बनायो समानान्तर जिल्ला कमिटी

खबर सम्बाददाता २९ चैत्र २०७७, आईतवार
नेपाल समूहले सुदूरपश्चिममा  पनि बनायो समानान्तर जिल्ला कमिटी

धनगढी: नेकपा (एमाले)को झलनाथ खनाल र माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ। प्रदेशका संयोजक भीम रावलले धनगढीमा पत्रकार सम्मेलन गरेर कमिटीको घोषणा गरेको हुन्।

कञ्चनपुरमा अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवन राज थापा, सचिव रणबहादुर महरा, उपसचिव रविन्द्र कुँवर र कार्यालय सचिव मोहनसिंह रावल छन्। बाजुरामा अध्यक्ष गगनबहादुर रावल, सचिव पुरबहादुर राउत, उपसचिव निरबहादुर शाही रहेका छन्।

यस्तै, बैतडीमा अध्यक्ष महादेव भट्ट, उपाध्यक्ष कृष्ण साउद, सचिव हर्कबहादुर धानुक र उपसचिव गौरीदत्त भट्ट चयन भए। अछाममा अध्यक्ष शेरबहादुर कुँवर, उपाध्यक्ष नन्दबहादुर कडायत छन्। भने, कैलालीमा अध्यक्ष दीर्घ बहादुर सोडारी र डडेलधुराको अध्यक्षमा डा.तारा जोशी उपाध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, सचिव धनबहादुर साउद र उपसचिव शकुन्तला नगरकोटी चयन भए।

यस्तै, डोटीमा अध्यक्ष चक्रबहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा, उपसचिव मञ्जु मलासी र कार्यालय सचिव खड्कबहादुर कठायत छन् भने बझाङको अध्यक्षमा दीलबहादुर सिंह, उपाध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव दमनबहादुर भण्डारी, उपसचिव धनबहादुर बोहरा र कार्यालय सचिव सुरतबहादुर सिंह चयन भएका छन्।

यस समूहले सबै प्रदेशलगायत ५४ जिल्लामा समानान्तर कमिटी बनाइसकेको बताइएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin