३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढीका जनस्वास्थ्य निरीक्षक उपाध्यायलाई कोभिड हिरोको सम्मान

खबर सम्बाददाता ३० चैत्र २०७७, सोमबार
धनगढीका जनस्वास्थ्य निरीक्षक उपाध्यायलाई कोभिड हिरोको सम्मान


धनगढी उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय ‘कोभिड हिरो’ को सम्मान पाएका छन् ।
कोरोना महामारी नियन्त्रण र रोकथामका अहोरात्र खटिएका उपाध्यायलाई ईन्टेग्रेटी आईकोन नेपालले कोभिड हिरोमा छनौट गरेको हो । सुशासनका क्षेत्रमा काम गर्दै आएको यस संस्थाले देशभरीमा तीन जनालाई कोभिड हिरोज छनौट गरेको छ ।


जनस्वास्थ्य निरीक्षक उपाध्यायले स्वाब संकलन, क्वारेन्टाइन व्यवस्थापन, कोरोना उपचार केन्द्र व्यवस्थापन र भारतबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लासम्म सुरक्षीत पुगाउन प्रभावकारी भूमिका निर्वाह गरेका थिए । धनगढी उप–महानगरपालिकाले आईतबार एक कार्यक्रमको आयोजना गर्दै जनस्वास्थ्य निरिक्षक उपाध्यायलाई सम्मान गरेको हो । कोभिड हिरो छनौट भएका उपाध्यायलाई नगर उप–प्रमुख सुशीला मिश्र भट्ट, प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्द, कोभिड उप–समितिका संयोजक नारायण प्रशाद बराल लगायतले खादा, टिका लगाएर सम्मान गरेका थिए । कोभिडको जोखिमका बिच उप–महानगरपालिकाका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको उच्च सम्मान गर्दछौं सम्मान कार्यक्रममा बोल्दै नगर उप–प्रमुख सुशीला मिश्र भट्टले भनिन्, कोभिड हिरोमा छनौट हुनुभएका जनस्वास्थ्य निरीक्षक उपाध्यायलाई बधाई तथा शुभकामना दिन चाहन्छौं ।


राम्रो काम गर्ने ब्यक्तिको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मुल्याङ्कन हुने गरेको बताउदै उप–प्रमुख भट्टले भनिन्, जनस्वास्थ्य निरीक्षक उपाध्यायलाई कोभिड हिरो छनौट गर्ने संस्थालाई धन्यवाद दिन चाहन्छौं । कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बरालले धनगढी उप–महानगरपालिकाले कोभिडको समयमा उत्कृष्ठ काम गरेको बताए । उनले भने, त्यसको मुल्याङ्कन भएकोमा आयोजक संस्थालाई धन्यवाद दिन चाहन्छौं । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले यस्ता सम्मानले कर्मचारीहरुलाई उत्कृष्ठ काम गर्न उत्प्रेरीत गर्ने बताए ।
सम्मान पाएपछि जनस्वास्थ्य निरीक्षक उपाध्यायले कोभिड हिराको सम्मानमा धनगढी उप–महानगरपालिकाका स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधीहरुको योगदान रहेको बताए । उनले भने, कोभिडको जोखिमको समयमा सबै जना खटिएका थियौं , यो धनगढी उप–महानगरपालिकाको सम्मान हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin