३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढी लगायत शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

खबर सम्बाददाता ४ बैशाख २०७८, शनिबार
धनगढी लगायत शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

कोभिट–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कैलाली  लगायत शहरी क्षत्रका विद्यालय बन्दगर्न मन्त्रिपरिषदलाई सिफारिष गरेको छ ।

 शनिबार बसेको सीसीएमसीको बैठकले भारत संगसीमाना जोडिएका तराईका क्षेत्रमा कोरोना संक्रमण बढेको भन्दै शैक्षिक संस्था, डान्स बारलगायतका भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिष गरेको हो । तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने उल्लेख गरेको छ ।

 कृषिमन्त्री पद्मा अर्यालकाअनुसार बैठकले  शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने निर्णय गरेको छ । 

 यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ । बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । सीसीएमसीले गरेको सिफारिस  मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र लागू हुनेछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin