नयाँ वर्ष २०७८ सालकाे अवसरमा लालझाडीमा स:मिल तथा फर्निचर उद्याेग ब्यवसायीले शुभकामना आदान प्रदान कार्यकम सम्पन्न गरेकाे छ ।
शनिवार सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा स्थानिय निकायका जनप्रतिनिधि तथा सामुदायिक वन समितिका पदाधिकारीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिका प्रमुख मदनसेन बडायक रहनुभएको थियो भने सभापति लालझाडी स:मिल उद्याेग ब्यवसायी सँघका अध्यक्ष अमर राना रहनुभएका थिए ।
त्यसैगरि कार्यक्रममा विशिष्ट अतिथिमा शंकरपुर इलाका प्रहरी कार्यालयका प्रमुख नरेन्द्र बहादुर चन्द हुनुहुन्थ्यो रहनु भएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न किसिमका खेलकुद तथा साँस्कृतिक कार्यक्रमकाे आयोजना पनि गरिएको थियो। कार्यक्रमको संचालन सःमिलका सचिव तेजराज तिरुवाले गर्नुभएको थियो भने कञ्चन समुदायिक वनका सचिव राम सिँह रानाले स्वागत मन्तब्य राखेका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले आफूबाट हुने विकासे योजना देखि लगायतका अन्य सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।
त्यसै गरी सःमिलका अध्यक्ष अमर रानाले आफूबाट हुन सक्ने सहयोग सामुदायिक वनलाई निरन्तर गर्ने बताउनु भयाे ।