२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

बेहडाबाबामा जेष्ठ नागरिक मिलन भवनको शिलन्यास

समाचार संबाददाता १२ बैशाख २०७८, आईतवार
बेहडाबाबामा जेष्ठ नागरिक मिलन भवनको शिलन्यास



धनगढी उप–महानगरपालिका वडा नं १६ को बेहडाबाबामा जेष्ठ नागरिक मिलन भवनको आईतबार शिलन्यास गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले शिलन्यास गरेका हुन । भवन धनगढी उप–महानगरपालिकाको लगानीमा निर्माण हुन थालेको हो । भवनको शिलन्यास गर्दै नगरप्रमुख वडले भवन निर्माण भएपछि जेष्ठ नागरिकहरुलाई भेटघाट, छलफल गर्न सजिलो हुने बताए । जेष्ठ नागरिक मिलन भवनलाई जेष्ठ नागरिकहरुको गफगाफ गर्ने, भेटघाट गर्ने ठाउँको रुपमा विकास गरिने छ नगरप्रमुख वडले भने, ‘त्यसैले जेष्ठ नागरिक मैत्री भवन निर्माण गर्न थालेका हौं ।’
भवनमा धनगढी उप–महानगरपालिकाको २० लाख लगानी भैरहेको छ धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जिनियर डिजराज भट्टले भने, ‘ त्यसको १० प्रतिशत स्थानीयको योगदान हुने छ ।’ जेष्ठ नागरिक मिलन भवन बेहडाबाबा धामको नजिकै भएकाले मन्दिरको दर्शन गर्नका लागि आउने जेष्ठ नागरिकहरुलाई समेत राहत पुग्ने ईन्जिनियर भट्टले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin