१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

न्यायीक समितिले छातीमा रात राखेर न्याय दिनुपर्छ ः उप–प्रमुख भट्ट

समाचार संबाददाता १२ बैशाख २०७८, आईतवार
न्यायीक समितिले छातीमा रात राखेर न्याय दिनुपर्छ ः उप–प्रमुख भट्ट



धनगढी उप–महानगरपालिकाका नगर उप–प्रमुख तथा न्यायीक समितिका संयोजक सुशीला मिश्र भट्टले न्यायीक समितिले छातिमा हात राखेर न्याय दिन सक्नुपर्ने बताएकी छन् ।
आईतबार धनगढी उप–महानगरपालिकाको न्यायीक समितिले आयोजना गरेको न्यायीक समितिको काम कर्तब्य र अधिकार क्षेत्र , म्याद तामेल तथा कानुनी प्रकृया सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । धनगढी उप–महानगरपालिकाको न्यायीक समितिले न्याय पाउनुपर्ने ब्यक्तिले न्याय महशुस गर्ने गरि काम गरिरहेको छ , नगर उप–प्मुख भट्टले भनिन्, न्याय देखिने कुरा पनि हो ।’


न्यायीक समितिले प्रभावकारी न्याय निरुपणका लागि सरोकारवालहरु संग अन्तरक्रिया गरेको उप–प्रमुख भट्टले बताईन । सबैको रचनात्मक सहयोग भएका न्यायीक समितिले गर्ने काम अझै प्रभावकारी हुदै जाने छ , उप–प्रमुख भट्टले भनिन्, अन्तरक्रिया कार्यक्रमले धेरै पुरा स्पष्ट पारेको छ ।’
अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत कैलालीका शाखा अधिकृत अनिरुद्र साउदले सहजिकरण गरेका थिए । उनले धनगढी उप–महानगरपालिकाले न्याय सम्पादनमा उत्कृष्ठ काम गरेको बताए ।
अन्तरक्रियामा वडा अध्यक्षहरु, वडा सचिवहरु, न्यायीक समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin