१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

सोमबारबाट सबै तहका परीक्षा स्थगित गर्न सिफारिस

खबर सम्बाददाता १२ बैशाख २०७८, आईतवार
सोमबारबाट सबै तहका परीक्षा स्थगित गर्न सिफारिस

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि ( सोमबार ) बाट सबै परीक्षा स्थगित गर्न  सिफारिस गरेको जानकारी दिनुभयो ।

सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब अहिले वैकल्पिक विधिबाट पठनपाठन भइरहेको छ ।

सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ । विद्यालयले आफ्नो विद्यार्थी सङ्ख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँचलगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्ने छन् ।

विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ । अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने मन्त्रालयको भनाई छ । gpo.com

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin