३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

बेलाैरीका कर्मचारीकाे गलत नियत पर्दाफास !

खबर सम्बाददाता १२ बैशाख २०७८, आईतवार
बेलाैरीका कर्मचारीकाे गलत नियत पर्दाफास !


कञ्चनपुरको बेलौरी नगरपालिकामा ईन्जिनियर भर्नामा त्रुटी भएको छ । ईन्जिनियर भर्नामा बेलौरी नगरपालिकाका कर्मचारीको हातबाट त्रुटी भएको बताइएको छ भने त्रुटीलाई स्थानियले नियोजित चलखेलका रुपमा आशंका गरेका छन्।

नगरपालिकाले चालु आर्थिक बर्ष २०७७÷०७८ मा ईन्जिनियर सेवा सिभिल समुह विल्डिङ्ग तथा आर्किटेक्ट उप समुह अधिकृत स्तर छैठौँ ईन्जिनियर करार सेवाका लागि भर्ना खोलेको थियो । तर त्रुटी हो वा नियोजित चलखेल भन्ने अन्यौलमा परेपछि परीक्षार्थी शनिबार एकाएक परीक्षाहलबाट बाहिरीएका थिए ।

बेलौरी नगरपालिका प्रमुख प्रशाकिय अधिकृत एवम् पदपूर्ति समितिका संयोजक नेत्र प्रशाद पौडेलेले कर्मचारी भर्ना  कुनै चलखेल नभएको बताएका छन् । तर यहाँ  नियाेजित ढंगले बुनिएको योजना तुहिएकाे परीक्षार्थीको भनाइ छ ।

के भएको थियो ईन्जिनियर पदकाे परीक्षामा :

परीक्षामा जबकि स्थानीय तह सेवाको प्रश्नपत्र हुनुपर्नेमा संघको छुट्टै प्रश्नपत्र राखेपछि परीक्षार्थी अन्योलमा परे । लगत्तै परीक्षाहलमा परीक्षार्थीबाटै चर्को विरोध भयो । चलखेल र षड्यन्त्रको आशंका गर्ने ठाउँ भएको भन्दै परीक्षा छाेडेर तिनजना परीक्षार्थी बाहिरिएका थिए ।

त्यसपछि बेलाैरी नगरपालिका परीक्षा समितिका सदस्य सुशीला लेखकले कर्मचारीबाट त्रुटी भएको स्विकार्दै तत्काल परीक्षा स्थगित गरिएकाे घाेषणा गरिन् । विषय विज्ञ समेत बाेलाएकाे अवस्थामा कर्मचारी भर्ना समितिले यहाँ सम्मकाे त्रुटी गर्नु सामान्य कुरा थिएन् । यद्यपि शनिबार लिएको लिखित परीक्षामा समितिले विचमै स्थानीय तह सेवा करारको भन्दा फरक प्रश्नपत्र हातमा थमाएपछि चर्काचर्की भयो ।

“तर याे कसरी भएको त्रुटी हाे भन्ने कुरामा हामी जनप्रतिनिधि जिल्ल परेकाे छाैं ! नगर उपप्रमुख चित्रकुमारी चाैधरीले भनिन् – हामीलाई कर्मचारीले केही भनेका छैनन् ।”

चाैतर्फि बिरोधपछि नगरपालिकाले परीक्षा नै रद्द गरेको छ । स्वयंम कार्यालयले नै ईन्जिनियर पदको परीक्षा कार्यक्रम संशोधन भन्दै १३ बैशाखमा हुने एक सुचना कार्यालयकाे भित्तामा टाँसिएकाे छ ।



अधिकृत त्यसमा पनि ईन्जिनियर जस्तो पदका लागि खोलिएको परीक्षामा विषय विज्ञ, विषयगत समिति र बेलाैरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत परीक्षा समितिका संयोजक एवम् उप-सचिव ओहदाका कर्मचारीहरुले यतिठुलाे महाभुललाई सामान्य त्रुटि भन्नू लज्जास्पद कुरा भएको सर्वसाधारणको बुझाइ छ ।

यतिबेला कर्मचारीकाे गल्तीले बेलाैरीका जनप्रतिनिधी समेत रुष्ट देखिएका छन् । नियाेजित प्रपञ्चकाे सबैले विरोध गर्नुपर्ने उनीहरुको भनाइ छ ।

ईन्जिनियरको परीक्षामा बदमासी र चलखेल भएसंगै त्यस अघि सम्पन्न भएका सव ईन्जिनियर, असिष्टेन्ट सव ईन्जिनियरको परीक्षामा समेत घुसपैठ भएको हुनसक्ने भन्दै पुन: परीक्षा गराउन केही प्रशिक्षार्थीले माग अघि सारेका छन्।

बेलौरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रशाद पौडेलले लोकसेवाबाट प्रश्न मागिएको बताउदै उनले स्थानीय तह सेवाको दिनुपर्नेमा संघ तर्फको दिएकाले मानवीय त्रुटी भएको स्विकार गरे । ‘लोकसेवा आयोगका विज्ञबाट बनाएको प्रश्न पत्र हुन, ‘उनले भने, ‘यहाँ हाम्रो कम्जोरी भयाे कुनै गलत नियत हाेइन।’ प्रशासकीय अधिकृत लेखकले त्रुटी भएपनिआफुहरुले परीक्षा मार्यादित, स्वतन्त्र, निष्पक्ष बनाउन चाहेको दावि गरिन् ।

अर्कोतर्फ बेलौरी नगरपालिकाका नगरप्रमुख पाेतिलाल चाैधरीले परीक्षा स्थगित भएको विषयमा आफू अनबिज्ञ रहेको बताए । उनले भने -“कर्मचारी भर्ना समिति बनाइदिएको छु । जे जे गरे उनिहरुकाे आत्मालाई थाहा हाेला, मलाई कुनै जानकारी नै छैन । मैलेपनि सुचना टाँस गरेपछि मात्रै थाहा पाए । परीक्षा स्थगित सम्बन्धमा हामी प्रमुख, उपप्रमुख कसैलाई  थाहा छैन् ।” के जवाफ दिने तपाईहरुलाई…..!

एउटा सामान्य कार्यालय सहयोगी भर्नामा त शक्तिको चलखेल हुने गर्छ तर यहाँ इञ्जिनियर प्राविधिक तर्फका कर्मचारी भर्नामा भयानक षड्यन्त्र भएको हुनसक्ने भन्दै स्थानीय नगरबासीले गलत नियतकाे चर्काे विरोध गरेका छन् ।
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin