कैलाली र कञ्चनपुरमा सवारी साधन जोरबिजोरमा चल्ने भएका छन् । कोरोना संक्रमण बढ्दै गए पछि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
तोकिएको मापदण्डको पालना गरि आवश्यक सेवाका सवारी साधनहरु र लामो दुरीका सवारी साधन बाहेका अन्य छोटो दुरीका सार्वजनिक तथा निजि सवारी साधन कैलाली र कञ्चनपुरमा जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै कैलाली-कञ्चनपुरमा आजदेखि राति ८ बजेदेखि विहान पाँच बजेसम्म लकडाउन हुने जनाएको छ ।