कैलालीमा सबै शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द हुने भएका छन् । कोभिडलाई मध्यनजर गर्दै कैलालीमा जिल्ला संकट व्यवस्थापनको बैठकले बैशाख १४ गतेदेखि बैशाख ३१ गतेसम्मका लागि विद्यालय,कलेज ट्युसनहरु सञ्चालन नगर्ने जनाएको छ ।
यस अघि कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहलाई आग्रह गरेको थियो । अब कैलालीमा सबै शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म सञ्चालन गर्न नपाईने जनाएको छ ।