१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

कञ्चनपुरको कोरिनटिनमा खाना र पानीकाे समेत ब्यवस्था नभएको कोरोनाका बिमारीकाे गुनासो

खबर सम्बाददाता १४ बैशाख २०७८, मंगलवार
कञ्चनपुरको कोरिनटिनमा खाना र पानीकाे समेत ब्यवस्था नभएको कोरोनाका बिमारीकाे गुनासो

कञ्चनपुरको, लालझाडी गाउँपालिका वडा नं. १ मा नवोदय अधारभुत विद्यालयमा कोरिनटिनमा रहेका कोरोनाका बिमारीले आफुलाई कुनै पनि सेवा नपाइएको बताएका छन । खाना र पानी समेत घरकाट ल्याउनु परिरहेको उनीहरुको गुनासो छ ।

४ दिन बितिसक्दा पनि मास्क बाहेक अरु केही नपाएको , खाना पनि आफै पकाउनु परिरहेको छ । सुत्नका लागि ओछ्यान, तन्ना झुल सबै घरबाट ल्याएर बसेको कोरिनटिनमा रहेका साहुकार रानाले बतानु भयो ।

एकै परिवारमा ९ जनामा कोरोना पोजिटिभ देखिदा सबैजना कोरिनटिनमा हुदा समेत सरकारबाट कुनै राहत नपाउदा दुख लागेको भन्दै स्थानिय सरकारले केही नगरिरहेकोे, मुन्सी रानाले गुनासो गर्नु भयो ।


हाल गाउँ पालिका बाट कोरिनटिनमा राख्न स्थान उपलब्ध गराउने बाहेक अरु कुनै सेवो निर्णय नभएकोले सेवा प्रदान गर्न नसकेको बताउदै कोभिट १९ को व्यबस्थापनका लागि पहल भैरको लालझाडी गाउँपालिका वडा नं. १ का अध्यक्ष क्षमानन्द रानाले बताउनु भयो ।

लालझाडी गाउँपालिका वडा नं. १ मा १८ जनामा कोरोना देखिएको छ । जस मध्य १२ जना नवोदय अधारभुत विद्यालयमा कोरिनटिनमा राखिएका छन भने ६ जना लाई होम कोरिनटिन मा छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin